१५ माघ,घोराही ।
देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल जिल्ला समिति दाङले तेस्रो जिल्ला भेला सम्पन्न गरेको छ । जिल्ला अध्यक्ष नरेन्द्र बन्जाडेको अध्यक्षतामा भएको कार्यक्रमा नयाँ कार्यसमिती चयन गरिएको हो ।
१५ सदस्य रहेको समितिको अध्यक्षमा ईस्वरीप्रसाद गैरे,उपाध्यक्षमा विष्णुप्रसाद पोख्रेल,सचिवमा शुशिला आचार्य,कोषाध्यक्षमा मन बहादुर ओली र सदस्यमा तिलक वि.क,मायाप्रसाद चौधरी,अंभित चौधरी,यज्ञ बहादुर वि.क,निम बहादुर जि.एम,कालिमान सुनार,देवा विष्ट,पारस विश्वकर्मा रहनुुभएको छ भने अरु ३ जना सदस्य पछि थप गरिने भएको छ ।
जसको सल्लाहकारमा अमर पोख्रेल,प्रदेश सदस्य गोपाल वैद्य रहनुुभएको छ । कार्यक्रममा देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालका केन्द्रिय सदस्य तथा दाङ जिल्ला ईन्चार्ज कम्रेड समिरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मोर्चा नेपालका प्रदेश सदस्य कम्रेड उमा पोख्रेल,कम्रेड गोपाल वैद्यको सहभागिता रहेको थियो ।
कार्यक्रममा दाङ जिल्ला ईन्चार्ज कम्रेड समिर, जिल्ला सदस्य कम्रेड तिलक वि.क,कम्रेड शिला आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो ।।