१५ माघ,घोराही ।
घोराही उपमहानगरपालिकाले आज आफ्नो ४३ औँ स्थापना दिवस मनाएको छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षता तथा लुम्बनी प्रदेश सभा सदस्य अमरबहादुर डाँगीको प्रमुख आतिथ्यतामा एक कार्यक्रम स्थापना दिवस मनाईएको हो ।
लुम्बनी प्रदेश सभा सदस्य डाँगीले नगरको चौतर्फी विकासमा स्थानिय सरकारले गाउँतहबाटै आवश्यकतामा आधारित योजनाहरुलाई अगाडी बढाउने बताउनु भएको छ । घोराही उपमहानगरको ४३ औँ स्थापना दिवसलाई आज घोराहीमा सम्बोधन गर्दै प्रमुख अतिथी रहनुभएका डाँगीले समृद्ध नगर बनाउनलाई पालिकासँगै सहकार्य गरेर कामलाई अगाडी बढाईयो भने जनताको गुनासो नआउने र विकास पनि सहि ढंगले अघि बढ्ने बताउनु भयो ।
सरकारको मात्रै भर पर्नु भन्दा पनि नागरिक स्तरबाटै जागरुक भए विकासले गति लिने उहाँले बताउनुभएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले कला संस्कृतीको धनी रहेको घोराही उपमहानगरलाई संबृद्ध नगर बनाउन सबैको भूमिका महत्वपूर्ण रहेको बताएका थिए ।
यस्तै दिवसका अबसरमा नगरले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ । एक सयबर्ष पुगेका १९ जना जेष्ठ नागरिक, ६ वटा उत्कृष्ठ टोल विकास संस्थालाई, सरसफाईमा निरन्तरता दिने विभिन्न टोल, सामुदायिक विद्यालयबाट उत्कृष्ठ अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।
त्यसैगरी, उपमेयर कप भलिवल खेलमा विजेता तथा उपविजेताहरुलाई पनि पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । नगरका उपप्रमुख सितासिग्देल न्यौपानेको स्वागत मन्तव्यबाट कार्यक्रमको सुरुवात भएको थियो ।