१५ माघ,दाङ । सरकारले दाङको घोराही उपमहानगरपालिका वडा नं ४ र ५ अन्तर्गत पर्ने ५४९ बिघा जग्गालाई ‘दाङ औद्योगिक क्षेत्र’ घोषणा गर्ने भएको छ ।
मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जाकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले दाङको पुर्वमा लमही–घोराही सडक, पश्चिममा पाण्डेश्वर धार्मिक वन, उत्तरमा बबई नदी र दक्षिणमा वन क्षेत्रलाई ‘दाङ औद्योगिक क्षेत्र’ घोषणा गर्ने निर्णय गरिएको बताउनुभयो ।
यस्तै सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज गरी वन ऐन, २०७६ कार्यान्वयनका लागि आवश्यकपर्ने नयाँ वन नियमावली यथाशीघ्र तर्जुमा गरी तदअनुरूपको कार्यविधि वा निर्देशिका बनाइ लागू गर्ने भएको छ ।