२०८१ चैत्र ११ गते सोमवार

घोराहीमा बसको ठक्करबाट महिला घाईते



१५ माघ, घोराही । दाङमा बसको ठक्करबाट एक जना घाईते हुनुभएको छ । जिल्लाको तुलसीपुरबाट काठमान्डौको लागी छुटेको ना ६ ख ९३७ नंम्वरको बसले ठक्कर दिदा घोराहीकी एक महिला घाईते हुनुभएको हो ।

हिजो साझ साढे ७ बजेको समयमा घोराही १० सैडिकुलामा ५५ वर्षिय बसोनी चौधरीलाई ठक्कर दिएको हो । बसको ठक्करबाट घाईते हुनुभएकी घोराही १० झारबैराकी चौधरीको टाउँकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाईते चौधरीको घोराहीको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । बस चालक घोराही १८ फुर्सेखालीका ४९ वर्षिय गोपाल विक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७ माघ १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्