२०८१ मङ्सिर २४ गते सोमवार

केन्द्रलाई निर्वाधरुपले सञ्चालन गर्न दिन माग



 १२ पुस, घोराही-
विपश्यना ध्यान तथा चरित्र निर्माण केन्द्रले सार्वजनिक सम्पत्तीको संरक्षण गरि विपश्यना ध्यान केन्द्रलाई निर्वाधरुपले सञ्चालन गर्न दिन माग गरेको छ । घोराही १३ तुरुन्तपुरमा रहेको केन्द्रले आज घोराहीमा पत्रकार सम्मेलन गरि केन्द्रको परिसरमा डोजर चलाई क्षति पु¥याएको भन्दै सार्वजनिक सम्पत्तीको संरक्षण गर्न र केन्द्रलाई निर्वाधरुपले चल्न दिन माग गरेको हो ।

यही पुस १० गते केन्द्रको परिसरमा डोजर लगाउने, तारजाली उखेल्ने र पोलहरु हटाउने काम भएको प्रति दु:ख व्यक्त गरिएको छ । ध्यान केन्द्रलाई तुहाउन यस्तो कार्य गरिएको हुुन सक्ने भन्दै केन्द्रका अध्यक्ष नारायणप्रसाद शर्माले तत्काल समस्याको समाधान गर्न स्थानिय सरकार घोराही उपमहानगरपालिका सँग माग गर्नुभएको छ ।

केन्द्रको परिसरमा खाल्डो खनिएको र भवनको छेवैँबाट पूर्व दक्षिण रेखांकन गरेर डोजर लगाएर बाटो बनाईएको बिज्ञप्तीमा उल्लेख छ । केन्द्र स्थापन गरिएको जमिन घोराही उपमहानगरपालिकाले उपलब्ध गराएको र भवन बनाउन स्थानिय सरकार सँगै प्रदेश सरकारले आर्थिक सहयोग गरेको बिज्ञप्तीमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा उपस्थित भएका स्थानियहरु भागिरथी पुन, ठगेन्द्र गिरी, तुलसीराम बुढा मगरले केन्द्रले तारबार गरेको जमिन साविकको बाटो मास्ने काम भएकाले खाल्डो खनेर रेखांकन गरेको बताएका थिए । वडा नम्बर १३ का सदस्य केशब गिरीले केन्द्रको उत्थानमा आफुहरु सकारात्मक भएको तर बाटो मास्ने बिषयमा भने सहमत नभएको बताउनुभयो ।।

 

प्रकाशित मिति : २०७८ पुष १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्