२०८१ मङ्सिर १६ गते आइतवार

५ महिनामा ८ सय ४४ जना महिला बालिकामाथि हिंसा



१२ पुस ,घोराही-
महिला माथि घरेलु हिंसाका घटना बढ्दै गएको छ । महिला पुर्नस्थापना केन्द्र ओरेकले पछिल्लो ५ महिनामा गरेको अध्ययनले महलिा माथि घरेलु हिंसाका घटना बढिरहेको देखाएको हो ।

गएको साउन महिनादेखि मंसिरसम्ममा ८ सय ४४ जना महिला तथा बालिकामाथि भएकामा ४ सय ७५ घटना घरेलु हिंसासँग सम्बन्धित रहेका ओरेकले जनाएको छ ।

यता दाङमा ओरेकले संकलन गरेको तथ्यांकमा २४ वटा हिंसाका घटना भएका छन् । १९ जना महिला र ५ बालबालिका घरेलुु हिंसामा परेर न्याय माग्न आएको ओरेकले जनाएको छ ।

श्रीमान तथा परिवारका अन्य सदस्यबाट महिलालाई विभिन्न बहानामा कुटपिट गरिएका, स्रोत–साधनबाट वञ्चित गरिएका, घरनिकाला गरिएका, गालीगलौज गरी भावनात्मक चोट पुगेका, विभिन्न डर त्रास देखाइ मानसिक यातना दिएका तथ्यांकहरु संकलन भएका छन् ।।

प्रकाशित मिति : २०७८ पुष १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्