२०८१ मङ्सिर २४ गते सोमवार

५० प्रतिशतभन्दा धेरैले पाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप



१२ पुस,घोराही – सरकारले लक्षित जनसङ्ख्याको ५० प्रतिशतभन्दा धेरैलाई पूर्ण मात्रा खोप लगाएको जनाएको छ । कोरोनाविरुद्धको खोप अभियानलाई तीब्रता दिएको सरकारले लक्षित समूहको ५० प्रतिशतलाई खोप लगाइसकिएको जनाएको हो ।

स्वास्थ्य जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारले लक्षित समूहको ५० दशमलव २ प्रतिशतलाई कोरोनाविरुद्धको खोप लगाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारले १ करोड ९९ लाख २२ हजार १ सय ६४ जनालाई कोरोनाविरुद्धको खोप लगाउन लक्षित समूह तोकेको छ । यही समूहको ५० दशमलव २ प्रतिशतले पूर्ण मात्रा र ६६ दशमलव १ प्रतिशतले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

अहिलेसम्म कुल जनसङ्ख्याको भने ३२ दशमलव ९ प्रतिशतले पूर्ण मात्रा र ४३ दशमलव ४ प्रतिशतले एक मात्रा खोप लगाएका छन् । सरकारले चैत मसान्तभित्र सबै लक्षित समूहलाई कोरोनाविरुद्धको खोप लगाउने योजना बनाएको छ ।।

प्रकाशित मिति : २०७८ पुष १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्