२०८१ मङ्सिर २४ गते सोमवार

जबरजस्ती करणीको प्रयासमा १६ वर्षीय किशोर पक्राउ



१२ पौष,घोराही –रुकुम (पूर्व) मा जबरजस्ती करणीको उद्योगमा १६ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सिस्ने गाउँपालिकाका बालकले चार वर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पुसको ९ गते घरमै बसिरहेकी बालिकामाथि जबरजस्ती करणीको प्रयास गरेको भन्दै परिवारले ११ गते प्रहरीमा जाहेरी दिएपछि ती बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी मानबहादुर बिसीले जानकारी दिए ।

उनकाअनुसार ती चार वर्षीया बालिका आफ्नो ९६र७ वर्षका० दाइसँग घरमै बसिरहेकी थिइन् । त्यसै बखत ती युवक घरमा आएको र दाइलाई एकछिन बाहिर जाउ भनेर पठाई उनले करणीको प्रयास गरेका थिए ।

परिवारले प्रहरीमा जाहेरी दिएपछि जबरजस्ती करणी उद्योगको आरोपमा ती बालकलाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ पुष १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्