१२ पुस,दाङ। स्कुल अफ डेमोक्रेसी दाङका अध्यक्ष बिमला योगीले आज एक प्रेस बिज्ञप्ति जारि गरि नेकपाको दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरिरहनुभएका बर्तमान प्रधानमन्त्रि केपि शर्मा वलीले चालेको असंबैधानिक कदमको बिरुद्धमा आन्दोलनमा उत्रन आम लोकतन्त्र पे्रमी नागरिकहरुलाई आब्हान गर्नुभएको छ । दुई दुई पटक लगाएर निर्माण गरिएको संबिधानमाथि प्रश्न चिन्ह लाग्ने गरि लत्याएर अलोकतान्त्रिक र गैरसबैधानिक तरिकाले संसद बिघटन गरि नागरिक सर्बोच्चता र संबैधानिक सर्बोच्चता हनन गरेकोले त्यसको बिरोधमा उत्रन आब्हान गर्नुभएको छ ।
साथै बिज्ञप्तिमा बिरोधका माध्यमबाट बिधिको शासन स्थापनाको लागी थालिएको आन्दोलनमा सहभागिता जनाउन लोकतन्त्र प्रेमी आम महिला, युबा बिभिन्न पेशा ब्यबसायिहरु स्कुल अफ डेमोक्रेसिका परिवार लगाएत सिगो समाजलाई अनुरोध गर्दछौ बिज्ञप्तमीमा भनिएको छ ।