२०८२ बैशाख ९ गते सोमवार

राष्ट्रपतिलाई भेटेलगत्तै प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुग्यो चिनियाँ टोली



१२ पुस,घोराही । संघीय संसदको प्रतिनिधि सभा ‘विघटन’ पछि बढेको राजनीतिक शरगर्मीका बीच आइतबार उत्तरी छिमेकी राष्ट्र चीनबाट आइतबार नेपाल भ्रमणमा आएको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्ता सकाएको छ ।

आइतबार दिउँसो काठमाडौं आइपुगेको चिनियाँ कम्युनिस्ट पार्टीको बिदेश विभागका उपमन्त्री गुओ एचौ सहितको टोलीले राष्ट्रपतिसँगको भेटवार्ता सकेको हो ।

राष्ट्रपतिसँगको भेटवार्ता पछि चिनियाँ टोली अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सरकारी निवास बालुवाटार पुगेको छ ।

टोलीमा चीनबाट आएका ४ जना र नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीसहित दूतावासका ३ गरी ७ जना छन् ।

प्रकाशित मिति : २०७७ पुष १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस्