२०८२ बैशाख ९ गते सोमवार

जारी प्रधानमन्त्री कप प्रतियोगितामा एपीएफ र लुम्बिनी सेमिफाइनलमा



१२ पुस,घोराही। 
लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा समूह ए बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको छ ।

आज भएको दोस्रो खेलमा एपीएफले प्रदेश २ लाई ८ विकेटले पराजित गरेसँगै एक खेल अगावै एपीएफ र लुम्बिनी प्रदेश प्रतियोगिताको सेमिफाइनल पुगेका छन् ।

लगातार दुई दुई खेलमा पराजित हुन् पुगेका कर्णाली र प्रदेश २ प्रतियोगिताबाट बाहिरिएका छन् । अब प्रतियोगिता अन्तर्गत भोली पहिलो खेलमा प्रतियोगिताबाट बाहिरी सकेका कर्णाली र प्रदेश २ को बीच प्रतिस्पर्धा हुनेछ ।

भोली दोस्रो खेलमा सेमिफाइनल पुगिसकेका एपीएफले लुम्बिनीको सामना गर्नेछ ।

प्रकाशित मिति : २०७७ पुष १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस्