२०८० फाल्गुन १२ गते शनिवार

जेसीआई त्रिभुवन नगर दाङको उपाध्यक्षमा संचारकर्मी पाण्डे



१२ पुस,घोराही ।

जेसीआई त्रिभुवन नगर दाङको अध्यक्षमा मुकेश शर्मा विजयी भएका छन् । प्रतिद्धन्दी बुद्धिप्रकाश शर्मालाई २६ मतले पछि पार्दै शर्मा बर्ष सन् २०२१ का लागि अध्यक्षमा विजयी भएका हुन । अध्यक्ष पदका लागि उम्मेद्वारी दिएका बुद्धिप्रकाश शर्माले ११ मत प्राप्त गरेका थिए भने मुकेश शर्माले ३७ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन ।

 

अध्यक्ष मुकेश शर्मा

यसैगरी, कार्यकारीणी उपध्यक्षमा कुलबहादुर वली र प्रेमप्रकाश डिसी सर्वसम्मत रुपमा चयन भएका छन । उपाध्यक्षमा बाबुराम पाण्डे, भुपालसिंह रोकाय, दिनेश श्रेष्ठ र रोमन अधिकारी चयन भएका छन् । सहसचिवमा कृष्णदेव थापा चयन भएका छन । महासचिब सहित अन्य विभिन्न पदमा भने पदहस्तान्तरणका दिन मनोनित हुने जेसीआई त्रिभूवन नगरले जनाएको छ ।

 

प्रकाशित मिति : २०७७ पुष १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस्