११ मंसिर,घोराही- समृद्ध नेपाल ‘मुकुन्दल्याण्ड’ बनाउन लागिपरेका मुकुन्द घिमिरे अर्थात् मुकुन्देले शनिबार इन्गेजमेन्ट गरेका छन् । झापाकी इन्दिरा सङ्ग्रौलासँग इन्गेजमेन्ट गरेको फेसबुकमार्फत जानकारी दिएका उनले बिहे कहिले गर्ने भन्नेबारे खुलाएका छैनन् ।
कुनै बेला रत्नपार्कको पिपलको रुखमा चढेर भाषण गर्ने उनी पछिल्लो समय सामाजिक सञ्जालमा खुबै चर्चामा छन् । आम मानिसभन्दा आफू फरक रहेको बताउने उनी मुकुन्दल्याण्डको उद्घोष गर्दै आएका छन् । केही महिना यता मङ्सिरमा बिहे गर्ने भन्दै सामाजिक सञ्जालमार्फत उनले केटी खोजिरहेका थिए ।
प्रकाशित मिति : २०७८ मङ्सिर ११ गते शनिवार