११ मंसिर, घोराही –
नेपाली कांग्रेस दाङको जिल्ला कार्यसमिति चयनका लागि अहिले मतदान भैरहेको छ । भरपुर स्थित पद्मोदय पब्लिक नमूना माविमा भैरहेको निर्वाचनमा अहिले सम्म करिब एक हजार जनाले मतदान गरिसकेका छन् ।
तीन वटा निर्वाचन क्षेत्रको ६ वटा मतदान केन्द्र तोकि मतदानको प्रकृया चलिरहेको कांग्रेसका नगर सभापती तिलक रावतले जानकारी दिनुुभएको छ । बिहान ९ वजेबाट सुरुभएको मतदान प्रकृया दिउँसो तीन बजे सम्म चल्ने छ ।
जिल्ला नेतृत्व चुन्नका लागि २ हजार एक सय ९२ जना मतदान गर्ने छन् । एक जना सभापती पदका लागि चार जना प्रतिस्पधामा छन् । पार्टीको विधान अनुसार सभापतीमा चयन हुनका लागि ५१ प्रतिशत मत ल्याउनुपर्ने र त्यो भन्दा कम मत ल्याए दुुई जना धेरै मत ल्याएका विचमा फेरी मतदान हुने हुने व्यवस्था छ ।
सभापती पदमा शंकरप्रसाद डाँगी, भुुपबहादुर डाँगी, कमलकिशोर घिमिरे र जानकीलाल बस्नेत प्रतिस्पर्धी हुनुुहुन्छ । २ जना उपसभापतीका लागि कमानसिंह भारती, एकराज आचार्य, गिरीराज सुुबेदी, प्रदिपकुुमार खड्का, बुुद्धिप्रकाश चौधरी, मिनकेतन चौधरी र यज्ञबहादुुर डाँगीका विचमा प्रतिस्पर्धा भैरहेको छ ।
त्यसैगरी, दुुई सचिब पदका लागि बालिका लम्साल, सूूर्यप्रकाश राना, अर्जुुनकुमार योगी र कृष्णप्रसाद सुुबेदी विच प्रतिस्पर्धा भएको छ । यसैगरी, २ सहसचिब पदका लागि राजुु आचार्य, लक्ष्मि योगी, सुुबोधकुुमार डाँगी र हरिप्रसाद भुुसाल भिड्नुुभएको छ । नेपाली कांग्रेसको जिल्ला कार्य समितिमा ७ पदाधिकारी र ४५ जना सदस्य निर्वाचित हुने छन् ।।