११ मंसिर,घोराही –
पश्चिम दाङमा ट्राफिक नियम बिपरित सवारी साधन चलाउनेको संख्यामा बृद्घी भएको छ । गएको कात्तिक महिनामा मात्रै १ हजार ५ सय सवारी साधन कारवाहीमा परेका छन । जसबाट ९ लाख ९३ हजार राजश्व संकल्न भएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
कारवाही पर्नेमा सबैभन्दा धेरै मोटसाईकल रहेका छन । मोटरसाईकल ५९९ अटो टेम्प २२५, जिप कार भ्यान २०६, बस १७९, ट्रयाक्टर १५५ र ट्रक १३६ वटा कारवाहीमा परेका हुन् ।
असोज महिनाको तुलनामा कारवाही गरिएका सवारी साधन संख्या ४ सयले बढेको र राज्श्व संङकल्न भण्डै २ लाख ९० हजारले बढेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण पुजाराले जानकारी दिनुभयो ।
यस आर्थिक वर्षको कात्तिकसम्ममा सवारी दुर्घटनामा परी पश्चिम दाङमा मात्रै ८ जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीले सवारी चालक अनुमति पत्र नभएका, मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका, सिट संख्या भन्दा बढी संख्यामा यात्रु बोकेका, कागजपत्र साथमा नबोकेका सवारी चालकहरुलाई जरीवाना गरी कारवाही गर्दै आएको छ ।।