२०८१ मङ्सिर २५ गते मङ्गलवार

एमाले महाधिवेशन: आजदेखि बन्द सत्रको कार्यक्रम सुरु हुँदै



११ मंसिर,घोराही –
नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरु हुँदैछ । बन्द सत्रको कार्यक्रम चितवनको सौर सुरु हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

बन्द सत्रमा विधान संशोधनको विषयमा छलफल नगर्ने निर्णय गरेको एमालेले पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेपछि यसलाई पारित गर्न पुनः विधान संशोधनको विषयमा पनि छलफल गर्ने भएको छ ।

यस्तै, आज नै बेलुका ६ बजेसम्म उम्मेदवारी दर्ता, दाबी विरोध र फिर्ताको समय रहेको निर्वाचन समितिले बनाएको छ । आजै बेलुका साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । भोलि मतदान गर्ने कार्यक्रम तय भएको छ ।

एमालेको अध्यक्षमा केपी शर्मा ओलीलाई सर्वसम्मत बनाउने तयारी भए पनि उपाध्यक्ष भीम रावलले पनि उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । रावलले हिजो राति पत्रकार सम्मेलन गरेर आफूले उम्मेदवारी फिर्ता नलिने बताउनुभएको हो ।।

प्रकाशित मिति : २०७८ मङ्सिर ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस्