११ मंसीर,घोराही –
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत दाङको निर्वाचनका लागी आज मतदान हुदैछ । निर्वाचनका लागी हिजो मनोनयन दर्ता भएको छ । जिल्ला निर्वाचन समितिका अनुसार जिल्लाको ५२ पदका लागी ११७ जनाले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन समितिका कार्यवाहक संयोजक तथा प्रवक्ता युवराज बस्नेतका अनुसार सभापति पदका लागी चार जनाले मनोनयन दर्ता गराएका हुन् । जसमा कमलकिशोर घिमिरे, जानकीलाल बस्नेत, भुव बहादुर डाँगी र शंकर डाँगीले मनोनयन दर्ता गराउनु भएको छ । यस्तैगरी उपसभापतिका लागी सात जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
जसमा एकराज आचार्य, कमानसिंह भारती, गिरीराज सुवेदी, प्रदिप कुमार खड्का, बुद्धिप्रकाश चौधरी, मिनकेतन चौधरी र यज्ञ बहादुर वलीले मनोनयन दर्ता गराउनु भएको उहाले जानकारी दिनुभयो । यस्तैगरी सचिव पदमा चार जनाले उम्मेदवारी दिएका छन् ।
जसमा अर्जुनकुमार योगी, कृष्ण प्रसाद सुवेदी, बालिका लम्साल र सुर्यप्रकास राना, सहसचिवमा राजु आचार्य, लक्ष्मी योगी, हरि प्रसाद भुसाल र सुवोध कुमार डाँगीले उम्मेदवारी दिनुभएको छ । मतदान अहिले ९ बजेदेखी पद्मोदय माध्यामिक विद्यालय भरतपुरमा हुने निर्वाचन समितिले जनाएको छ ।।