२०८१ चैत्र ११ गते सोमवार

पौडेललाई गोली हानेको आरोमा ३ जना पक्राउ



दाङ ,१२ मंसिर । तुलसीपुर उपमहानगरपालिका–१३ बराहखुटी निबासी खुशलराम पौडेललाई गोली लागेपछि प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१३ बाख्रे निबासी २४ बर्षका कमल पुन, ३८ बर्ष राजु घर्ती र ४० बर्षका इन्द्र केसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए । उनिहरुलाई गएराति प्रहरीले घरबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका तीनैजनालाई तुलसीपुर प्रहरीले वडा प्रहरी कार्यालय लमहीलाई बुझाएको छ । अभियुक्त तुलसीपुर क्षेत्रका भएपनि घटना स्थल लमहीमा पर्ने भएकाले लमही प्रहरीलाई बुझाएको डिएसपी सिंहले बताउनुभयो ।

बुधबार राती लमही नगरपालका–९ च्याउखोलामा शिकार खेल्न गएको समयमा आफनै साथीले हानेको बन्दुकको गोली लागेर पौडेल घाइते भएका थिए । शिकार खेल्न १४ जना गएपनि ११ जना भने अझै फरार रहेका छन् ।

प्रकाशित मिति : २०७७ मङ्सिर १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्