१० कार्तिक,घोराही –
दाङको प्रशिद्ध धार्मिक तिर्थस्थल बाह्रकुने तालमा आधुनिक डुंगा सञ्चालनमा ल्याईएको छ । बाह्रकुने जल तथा यातायात प्रालीले मन्दिर व्यवस्थापन समिति सँग ५ बर्षे सम्झौता गरी तालमा आधुुनिक खालको फाईबरको डुंगा सञ्चालनमा ल्याएको हो । प्रालीले आज एक कार्यक्रमका विच डुंगा सयरको उद्घाटन गरेको छ ।
प्रालीका अध्यक्ष जगत दलामीको अध्यक्षता एवं घोराही उपमहानगरपालिका १३ अध्यक्ष रविलाल घर्तीमगरको प्रमुख आतिथ्यता र बराह क्षेत्र संरक्षण तथा संबद्र्धन धार्मिक समितिका अध्यक्ष टेमन बुुढामगरको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरी डुंगा सञ्चालनमा ल्याएको हो ।
चारवटा डुंगा ल्याईएको र एउटा डुंगामा चार जना बसेर सयर गर्न मिल्ने प्रालीका सचिब लिलाजित नेपालीले जानकारी दिनुुभयो । स्थानियहरु जगत दलामी, नन्दराम लहरे, पुरन बिक र रामबहादुर नेपालीले संयुक्तरुपमा १२ लाख रुपैयाँ लगानी गरी डुंगा सञ्चालनमा ल्याएको उहाँको भनाई छ ।
डुंगामा सयर गर्दा लगाउने लाईफ जकेट र २० जनाको दुुर्घटना बिमा समेत गरिएको प्रालीले जनाएको छ । डुुंगामा बसेर तालको एक फन्को लगाए ५० रुपैयाँ शूल्क तिर्नुुपर्ने छ । जेष्ठ नागरिक र विद्यार्थीलाई २० प्रतिशत छुटको व्यवस्था गरिएको अध्यक्ष दलामीले जानकारी दिनुुभयो ।
यस अघि तालमा काठको डुंगा सञ्चालनमा रहेको थियो । बार्षिक ६० हजार रुपैयाँ प्रालीले मन्दिर संरक्षण समितिलाई बुुझाउने सम्झौता भएको छ । कार्यक्रममा बोल्दै वडा अध्यक्ष रविलाल घर्तीले आधुुनिकखालको डुंगा सञ्चालनले धार्मिक क्षेत्रको प्रबद्र्धनमा ठूलो भूमिका खेल्ने बताउनुुभयो ।।