२०८१ मङ्सिर २५ गते मङ्गलवार

घोराहीलाई बालमैत्री नगर बनाउने अभियानमा प्रअलाई प्रशिक्षण




१० कार्तिक,घोराही–
नगरलाई बालमैत्री बनाउने अभियानमा लागेको घोराही उपमहानगरपालिकाले विभिन्न गतिबिधीलाई तिब्रता दिएको छ । बालबालिकाको अधिकारलाई सुुनिश्चित गर्दै नगरलाई बालमैत्री नगर बनाउने अभियान अन्तरगत उपमहानगरका विभिन्न शाखा महाशाखाले कार्यक्रम गर्दै आएको छन् ।

यसैक्रममा उपमहानगरको शिक्षा युवा तथा खेलकूद महाशाखाको आयोजनामा नगर भित्रका सामुुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई बालमैत्रीका बिषयमा अभिमूूखिकरण गरिएको छ ।

विद्यालय जाने उमेर भएका बालबालिकालाई अनिवार्य विद्यालय सँग जोड्नुु पर्ने र विद्यालय मार्फत अभिभाबक सम्म अधिकारका कुरा पुु¥याउन प्रधानाध्यापकहरुको भेला गरी अभिमुुखिकरण गरिएको हो ।

बाल अधिकारकर्मी विकिरण गौतम र महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख मोतीकुुमारी विश्वकर्माले शिक्षकहरुलाई बालमैत्री अभियानका बारेमा जानकारी गराउदै विद्यालय शिक्षामा जोड्न अपिल गर्नुभएको छ । बालबालिकाले धेरै कुराहरु विद्यालयमा पुुगेर सिक्ने भएका कारण पनि शिक्षकहरुलाई अभिमुुखिकरण गरिएको महाशाखा प्रमुख विनोद गौतमले जानकारी दिनुुभयो ।

सामाजिक विकास समितिका संयोजक भरतमणि अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरी र उपप्रमुख सीता सिग्देल न्यौपानेले आगामी फागुुन सम्म नगरलाई बालमैत्री घोषणा गर्ने गरी काम भैरहेको जानकारी दिनुुभयो । साथै शिक्षक मार्फत बाल अधिकारका ज्ञान सँगै सहभागितालाई शिक्षा सँग जोड्ने बिषयलाई प्राथमिकताका साथ लिन आग्रह गर्नुुभयो ।।

प्रकाशित मिति : २०७८ कार्तिक १० गते बुधवार
प्रतिक्रिया दिनुहोस्