१० कात्तिक, काठमाडौं– तिहार नजिकिँदै जाँदा फूलको व्यापार सक्रिय हुँदैछ । नेपाल फ्लोरिकल्चर एसोसिएसन ९फ्यान० भने यस वर्ष माग धान्न सकिने अवस्था छैन भनिरहेको छ ।
अध्यक्ष मीनबहादुर तामाङका अनुसार यो तिहारमा सयपत्री, मखमली र गोदावरी फूलका १८ लाख ६५ हजार माला खपत हुने आँकलन छ । यसमध्ये झण्डै २ लाख ३२ हजार सयपत्री फूलको माला आयातको भर पर्नुपर्ने भएको छ । जुन भारतको कलकत्ताबाट आयात हुन्छ ।
तिहारमा करिब १५ लाख ५० हजार सयपत्री, तीन लाख मखमली र १५ हजार गोदावरी फूलको माला प्रयोग हुने तामाङ बताउँछन् । थोकमा एक मिटरका सयपत्री फूलका मालाको मूल्य ५५ देखि ६० रुपैयाँ र मखमली अनि गोदावरी फूलका मालाको मूल्य ३५ देखि ४० रुपैयाँसम्म पर्न सक्ने फ्यानले जानकारी दिएको छ । यसो हुँदा बजारमा उपभोक्ताले भने प्रतिमाला ७० देखि ८० रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ ।
कान्तिपुर दैनिकको अर्थ वाणिज्य पृष्ठमा नुमा थाम्सुहाङले यसबारे विस्तृत समाचारे लेखेकी छन् ।।