१० कार्तिक,सल्यान-
२०४४ सालमा स्थापना भएको सल्यान जिल्ला अस्पताल झण्डै चार दशक बित्नै लाग्दा पनि स्तरोन्नति हुन सकेको छैन । दुर्गम क्षेत्रका जनताको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले स्थापना भएको उक्त जिल्ला अस्पतालको स्तरोन्नति हुन नसक्दा सेवा प्रवाहमा समस्या भएको छ ।
१५ शैय्याको स्वीकृत पाएको ३८ वर्ष पूरा भएको छ । अस्पतालको स्तरबृद्धि गरेर ५० शैय्याको बनाउन सरोकारवालाहरुले एक दशकयता पहल गरिरहेका छन् तर त्यो पहलले सार्थकता पाउन सकेको छैन ।
अस्पतालको स्तरबृद्धिका लागि भौतिक पूर्वाधार तयार गर्न स्थानीय, प्रदेश र केन्द्र सरकारले चासो देखाए पनि स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पतालको स्तरबृद्धिको स्वीकृति नदिंदा समस्या भएको अस्पतालले जनाएको छ ।
जिल्ला अस्पतालमा अहिले बिरामीको चाप छ । दैनिक एक सय ५० देखि दुई सय जनासम्म बिरामी आउने गरेका छन् । अस्पतालमा अप्रशेनदेखि दन्त सेवा समेत सञ्चालनमा छ ।। युगबोध राष्ट्रियदैनिकबाट