११ असोज,घोराही – पत्रकार महासंघ दाङ शाखाले ‘बंगलाचुलीको पर्यटन पर्वद्धनमा सञ्चारमाध्यमको भूमीका’ विषयमा अन्तरक्रिया गर्ने भएको छ। हिन्दुहरुको महान पर्व वडा दसैंको अवसर पारेर बंगलाचुली गाँउपालिका वडा नम्बर ५ बंगलाचुली लेकमा उक्त कार्यक्रमको आयोजना गरिन लागेको पत्रकार महासंघ दाङले जनाएको छ । कार्यक्रम कुन मितिमा हुने भन्ने अहिले नै तय भइसकेको छैन । आज अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको बैठकले बंगलाचुली गाँउपालिकासँगको समन्वयमा वडा दसैंको शुभकामना आदानप्रदानसँगै अन्तरक्रिया कार्यक्रम गर्ने निणर्य गरेको हो ।
त्यस्तै बैठकले नेपाल पत्रकार महासंघ दाङको ११औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले पत्रकारहरुसँग सल्लाह सुझाव लिनकालागि सुझाव संकलन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। त्यस्तै घोराहीमा भोली मंगलबारदेखि एकहप्ते पत्रकारिता तालिम सञ्चालन गर्ने निर्णय भएको सचिव सितलले बताउनुभयो । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले युरोपीयन युनियन र ईन्टरनेशनल अलर्टको सहयोगमा उक्त तालिम सञ्चालन गर्न लागेको हो ।
बैठकले नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य हिरामणी दुखीको आमा तुलसीपुर ५ नामीनगर निवासी ८१ वर्षीय लक्षीमा पौडेलको निधनप्रति दुःख व्यक्त गर्दै मृतकको आत्माको चिरशान्तिको कामनासहित परिवारजनमा गहिरो समवेदना व्यक्तसमेत व्यक्त गरेको छ ।।