२०८१ माघ २६ गते शनिवार

टिप्परको ठक्करबाट प्यूठानमा एकजना मजदुरको मृत्यु



११ असोज, घोराही –
प्यूठानमा टिपरको ठक्करबाट एक जना मजदुरको ज्यान गएको छ । नौबहिनी गाउँपालिका स्थित अधेरीखोलामा लु १ क १३५७ नम्वरको टिपरको ठक्करबाट नौबहिनी गाउँपालिका ७ लुप्लुङ निवासी ३७ वर्षिय यामबहादुर दमाईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईट्टा लिएर लुप्लुंग तर्फ जाँदै गरेको टिपरको ठक्करबाट गम्भिर घाईते हुनुभएका दमाईको उपचारका लागि भैरहवा लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको हो ।

मृतक याम बहादुर बाग्दुला बाहाने खण्डमा सडकमा काम गर्ने मजदुर रहेको स्थानियले बताइएको छ । प्रहरीले टिप्पर र चालकलाई नियन्त्रणमा लिएको छ ।।

प्रकाशित मिति : २०७८ असोज ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस्