२०८२ बैशाख १२ गते बिहिवार

तुलसीपुरमा म्याद गएको सामान फेला



११ असोज, घोराही –
दाङको तुलसीपुरमा दैनिक उपभोग्य वस्तुहरूका पसलहरूमा म्याद गएको सामान फेला परेका छन् । खाना नमिल्ने, म्याद गएका र पुराना सामानहरू पसलेहरूले बेचिरहेको गुनासो आएपछि स्थानीय सरकारले गरेको अनुगमनमा यस्तो पाइएको हो ।

चाडपर्वको समयमा गलत फाइदा उठाउँदै उपभोक्ता ठगी गरी म्याद नाँघेका, लेबल नभएका र अखाद्य बस्तु बिक्री गर्दै आएका थोक तथा खुद्रा पसलहरूमा यस्ता सामग्रीहरू बरामद गरिएको छ ।

बरामद गरिएका सामाग्री सरोकारवालाहरूको सहभागितामा नष्टसमेत गरिएको छ । अनुगमनका बेला पसलबाट म्याद गुज्रिएका सामानहरू बरामद गरिएको उपमहानगरको उपभोक्ता हित संरक्षण शाखाकी अधिकृत रेखा शर्माले जानकारी दिनुभएको छ ।

अनुगमनमा क्रममा चारवटा पसलबाट म्याद नाघेका र अखाद्य वस्तुहरू बरामद गरिएको हो । अनुगमनको क्रममा पसलहरूमा मूल्यसूचिसमेत नभएको पाइएको छ । अनुगमनका क्रममा सबै पसलहरूलाई मूल्यसूचि राख्नका लागि निर्देशनसमेत दिइएको छ ।।

प्रकाशित मिति : २०७८ असोज ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस्