२०८२ बैशाख ११ गते बुधवार

दाङ आउनलाई आजदेखि टिकट बुकिङ खुला



११ असोज, घोराही –
काठमाडौँ देखि दाङ आउने यात्रुहरुको सहजताका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । यात्रुहरुलाई मध्येनजर गरेर यातायात प्रालिहरुले प्रत्येक बर्ष दशैंमा अग्रिम टिकट बुकिङ खुलाउने गरेका छन् ।

यसअघि यातायात प्रालिहरुले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर एक महिना अघिदेखि नै अग्रिम टिकट बुकिङ खुलाउने गरेको भएपनि गएको बर्षदेखि कोरोनाको जोखीम कायमै रहेकाले केही ढिला गरी अग्रिम टिकट बुकिङ खुला गरेको यातायात व्यवसायीहरुले बताएका छन् ।

दशैं आउन केही दिन बाँकी रहेकाले यात्रुहरुको माग अनुसार असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाईएको त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका सचिव प्रकाश भट्टले जानकारी दिनुभएको छ ।

अहिले दाङदेखि काठमाडौँ जाने यात्रुहरुको चाप कम हुने र काठमाडौँदेखि दाङ आउने यात्रुहरुको चाप बढि हुने भएकाले असोजको ११ गतेबाट काठमाडौँ दाङको लागि अग्रिम टिकट बुकिङ खुलाईएको भट्टको भनाई छ ।।

 

प्रकाशित मिति : २०७८ असोज ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस्