११ असोज, घोराही –
दाङको बबई गाउँपालिकाले सुरक्षित आबासका लागि डकर्मी तालिमको आयोजना गरेको छ । गाउँपालिकाको आयोजना तथा भूकम्पी प्रबिधी राष्ट्रिय समाज नेपालको प्राबिधीक सहयोगमा तालिमको आयोजना गरिएको हो ।
तालिमको उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भुबनेश्वर पौडेलले भुकम्पमैत्री भवन निर्माणमा डकर्मीहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । हामीले भूकम्पमैत्री भवन निर्माण गर्दा महंगो पर्ने हल्लाको पछि लागेको भन्दै आफु बस्ने आबास सुरक्षित गराउन स्वयम ब्यक्तिको भूमिका हुने बताउनुभयो ।
भूकम्प प्रबिधी राष्ट्रिय समाज नेपालका ईञ्जीनियर रबिन्द्र बोहराको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण ईञ्जीनियर देबकोटाले गर्नुभएको थियो ।।