११ असोज, घोराही –
दाङमा टिप्परले मोटर साइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् । घोराही लमही सडकखण्डको मुसोटमा घोराही देखि लमहीतर्फ जाँदै गरेको रा २ प ६०५९ नम्बरको मोटरसाइकललाई ना अ अ जे १०४० नम्बरको टिप्परले ठक्कर दिंदा लमही नगरपालिका ८ सतबरियाका २५ बर्षीय अमित चौधरी घाइते हुनुभएको हो ।
चौधरीको खुट्टा भांचिएको र लमहीमा प्रारम्भिक उपचार गरि थप उपचारकालागि कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता मुकुन्द रिजालले जानकारी दिनुभएको छ । ठक्कर दिने टिप्पर र चालकलाई गोग्ली प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।।
प्रकाशित मिति : २०७८ असोज ११ गते सोमवार