२०८२ बैशाख ९ गते सोमवार

बबई नदीले बगाउँदा दंगिशरणका एक जनाको मृत्यु



११ भदौ,घोराही –
अविरल बर्षासंगै बबई नदीमा आएको बाढीमा बगेर दाङमा एक जनाको मृत्यु भएको छ । नुहाउने क्रममा बगेर मृत्यू भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभएको हो ।

आज विहान मलामी गएका बेला नुहाउने क्रममा बबई नदीमा बग्दा दंगिशरण गाउँपालिका वडा नम्बर १ बाँकीका ५० वर्षीय बामदेव देवकोटाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

देवकोटा निधन भएका स्थानीय दिलबहादुर रानाको मलामी गएका थिए। नुहाउने क्रममा बाढीमा बगेका उनको स्थानीयले शव निकालेका थिए। ५ सय मिटर तलबाट उनको शव निकालेको जनाइएको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्