२०८१ चैत्र ११ गते सोमवार

सालको काठ सहित दाङका तीन जना पक्राउ



११ भदौ, घोराही –
दाङको देउखुरीमा सालको काठ सहित तीन जना व्यक्ति पक्राउ परेका छन् । आज बिहान करिब ३ बजे डिभिजन वन कार्यालय लमहीले ५३.८९ क्युफिट सालको काठ सहित पक्राउ गरेको हो ।

क्रकहवाबाट लमही तर्फ आउँदै गरेको लु २ च ७७४१ नम्बरको पिकअप जिपमा सालको काठ ल्याउने क्रममा इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिइ डिभिजन वन कार्यालय दाङ (देउखुरी) लाई बुझाएको जानकारी दिएको छ ।

पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ४ खडकपुर निवासी २४ वर्षिय साहीद मुसलमान, राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी निवासी २६ वर्षिय प्रदिपकुमार चौधरी र वडा नम्बर ८ पिपरा निवासी ३७ वर्षिय बिनोद चौधरी रहेको डिभिजन वन कार्यालय लमहीका सुचना अधिकारी प्रेमीलाल प्रसाद साहले जानकारी दिएनुभएको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्