२०८१ चैत्र १३ गते बुधवार

दाङमा तेस्रो चरणको कोरोना संक्रमणबाट बच्न पुर्व तयारि



११ भदौ, घोराही –
दाङमा तेस्रो चरणको कोरोना भाईरसको संक्रमणबाट बच्नको लागि पुर्व तयारि गर्न लागिएको छ । कोरोनाको तेस्रो चरणको संक्रमण विशेष गरि विशेष गरेर बालबालिकालाई संक्रमण गर्ने भनेर डब्लूएचओलले सुचिकृत गरेपछि आईसियू र पिसियू सहित ३० वटा बेड बच्चाका लागि छुटाउने तयारि गरिएको हो ।

दाङमा पनि तेस्रो चरणको कोरोना संक्रमणको जोखिम उच्च हुन सक्ने भन्दै र बालाबालिकाहरुको स्वास्थ्य अवस्थालाई मध्ये नजर गर्दै तेस्रो लहरको कोरोना संक्रमणबाट बचाउनको लागि ७ जना बालरोग विशेषज्ञको बिशेष टोली गठन गरिएको छ ।

तुलसी बाल अस्पतालका डा. किशोर खत्री संयोजक रहने गरी स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद बहादुर शाही, कोरोना बिशेष अस्पतालका व्यवस्थापक दोर्ण वली सदस्य सचिव रहने गरी ९ जनाको बिशेष टोली गठन गरिएको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्