२०८२ बैशाख १२ गते बिहिवार

राप्ती नदीमा बगेर लमहीका एक जना वेपत्ता



११ भदौ, घोराही –
भैंसी चराउन राप्ती नदी किनारमा गएका एक व्यक्ति नदीमा बगेर वेपत्ता भएका छन् । लमही नगरपालिका ७ निवासी ४५ बर्षिय सुन्दरराम चौधरी भैंसी चराउन गएको तर, घर नफर्किएपछी नदीमा बगेको आशकांमा खोजी जारी राखिएको छ ।

भैंसी घर फर्किएपनि मान्छे नफर्किएपछी परिवारले खोजी गरिदिन प्रहरी कार्यालयमा निवेदन दिएका थिए । त्यस पछी ईलाका प्रहरी कार्यालय अमिलियाको टोली र स्थानीय बासिन्दा ती व्यक्तिको खोजीमा जुटेका छन् ।

हिजो देखी चौधरीको खोजी जारी राखिएको र अहिले सम्म फेला नपरेको जनाइएको छ । बुधबार दिउँसो भैंसी चराउन गएका चौधरी घर नफर्किएपछी हिजो प्रहरी कार्यालयमा निवेदन दिइएको थियो । भैंसी घर फर्किएपनि मान्छे नफर्किएपछी नदीमा बगेको हुन सक्ने अनुमान गरिएको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्