११ भदौ, घोराही –
दाङको बंगलाचुलीमा अबिरल बर्षा संगै गयराती खसेको पहिराका कारण ५ वटा घरपरिवार बिस्तापित भएका छन् । बंगलाचुली गाउँपालिका २ टाकुराको धरमपानी टोलका ५ घर परिवार बिस्तापित भएका हुन् ।
बिस्तापित हुनेमा दिल बहादुर घर्ती, भिम बहादुर घर्ती, पाराश्वर पुन, तेज बहादुर सार्की, होम बहादुर घर्ती सहित ५ परिवारका २२ जना रहेको वडा सदस्य भिमकुमार बुढाले जानकारी दिनुभएको छ । दिलबहादुर घर्तीको परिवारलाई जनता आवास घर बेडि पोखरामा सारिएको छ भने अन्य ४ परिवारलाई पनि अन्यत्रै सार्ने तयारी भएको उहाँको भनाई छ ।
पहिरोका कारण दिलबहादुरको घर भासीएको छ भने अन्य ४ घर बस्न नमिल्ने गरि चिराचिरा परेको बताईएको छ । क्षतीको बिवरण भने प्रहरीद्धारा मुचुल्का उठाएपछि आउने वडा सदस्य बुढाले बताउनुभयो । अहिले पनि निरन्तर बस्ती माथीबाट ढुङ्गा र बस्ती तलबाट पहिरो खसिरहेको उहाँले जानकारी दिनुभएको छ ।।