२०८१ फाल्गुन ३ गते शनिवार

दङ्गाली श्रष्टाको ‘नक्कली भैछुँ र’ तीज गीत सार्वजनिक



१२ साउन, देउखुरी- सञ्चारकर्मी प्रियास्मृति गजमेरको शब्द लेखन तथा सुषमा ग्रेसको आवाजमा रहेको ‘नक्कली भैछु र’ बोलको तीज गीत सार्वजनिक भएको छ । यो गीतलाई गुड भ्वाइस स्टुडियो अफिसियल युटुब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो ।

‘नक्कली भैछुँ र’ बोलको तीज गीतले सबै दर्शक स्रोताको मन जित्ने छ भन्ने अपेक्षा गरेको गीतका लय संकलक ज्ञानेन्द्र स्वर्णकारको भनाइ छ । ‘गीतहरुको भिडमा हाम्रो गीतलाई स्रोताले मन मस्तिष्कमा राख्न सकून् भनेर लय अत्यन्तै सरल र सहज बनाइएको छ’– उहाँले भन्नुभयो– ‘अर्को कुरा यो गीतको लय स्रोताले सजिलै गुनगुनाउन सकून् भन्ने उद्देश्यले नै गरिएको हो ।’

यो गीतमा चलन चल्तीका श्रृंगार लगाउँदैमा मैले के गल्ती गरें भनेर आफ्ना मनका भावहरु पोखिएको छ । के यी श्रृंगारहरु लगाउँदैमा नक्कली भइन्छ र ?  के यी कसैले नलगाएका श्रृंगार हुन् र भन्दै आफ्ना संगी साथीलाई सोधिएको भाव यस गीतमा झल्किएको छ । गीतलाई सुषमा ग्रेसले मिठासपूर्ण शैलीमा आवाज दिनुभएको छ । गायक तथा संगीतकार ज्ञानेन्द्र स्वर्णकारले लय भर्नुभएको छ भने गीतलाई सन्तोष सुनामले एरेन्ज गर्नुभएको छ । गीतको कोरियोग्राफी चर्चित नृत्य निर्देशक विक्रम चौहानले गर्नु भएको छ भने चर्चित मोडेल अन्जली अधिकारी र करिश्मा ढकालले अभिनय गर्नुभएको छ ।

लमहीमा रहेर पत्रकारिता गर्दै आएका सञ्चारकर्मी प्रियास्मृति गजमेरका शब्दमा आधुनिक र लोक गीत पनि बजारमा आइसकेका छन् । ‘छिट्को गुन्यो’ बोलको गीतमा यादवनाथ योगी र रिता केसीले आवाज दिनुभएको छ । ‘किन किन तिम्रै यादमा’ बोलको गीतमा पछिल्लो समयमा चर्चित गायक गोविन्द मधुर आचार्यले आवाज दिनुभएको छ भने ‘तल तल बनायो’ बोलको गीतमा ज्ञानेन्द्र स्वर्णकार र विशाखा शाहीले आवाज दिनुभएको छ ।

भिडियो पनि हेर्नुहोस…

प्रकाशित मिति : २०८१ साउन १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस्