२०८१ असार ६ गते बुधवार

सल्यानको कुपिण्डे तालमा बेपत्ता व्यक्ति २४ घन्टापछि मृत भेटिए



११ साउन, सल्यान —
सल्यानको कुपिण्डे तालमा बेपत्ता भएका व्यक्ति २४ घन्टापछि मृत भेटिनुभएको छ । बन्गाड कुपिण्डे नगरपालिका ८ मा रहेको कुपिण्डेतालमा डुबेर बेपत्ता भएका कपुरकोट गाउँपालिका ६ सिनबाङ घर भई हाल तुलसीपुर उपमहानगरपालिका ६ बस्ने बेदबहादुर बस्नेत झन्डै २४ घन्टापछि मृत अवस्थामा फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुुभयो ।

टिकटक बनाउने क्रममा ढुंगाबाट चिप्लिएर खस्दा मंगलबार दिउँसोदेखि बस्नेत बेपत्ता हुनुुभएको थियो । सुर्खेतबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले तालभित्र बेपत्ता भएको स्थानदेखि करिब १५ मिटर पर र करिब ५० मिटर गहिराइमा खोचमा जेलिएको अवस्थामा उहाँको शव प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।।

प्रकाशित मिति : २०७९ साउन ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस्