२०८१ साउन ५ गते शनिवार

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित



१३ असार, घोराही- लुम्बिनी प्रदेशको आउँदो आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको आजको बैठकले आउँदो आर्थिक वर्षको बजेट पारित गरेको हो ।

प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

यो प्रस्ताव बहुमतले पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गर्नुभएको हो । प्रदेश सभामा यही असार १ गते आर्थिक मामिलामन्त्री आचार्यले आर्थिक वर्ष २०८१/८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट पेस गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०८१ असार १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्