२०८१ चैत्र १० गते आइतवार

कृषि अनुदानमा पुगेन कृषकको ध्यान



१३ असार, घोराही – कृषि ज्ञान केन्द्र दाङ मार्फत कृषकले पाउने विभिन्न शीर्षकको अनुदानमा सम्झौता गरेर भुक्तानी लिने समयमा किसानले ढिलासुस्ती गर्ने गरेको पाइएको छ । भुक्तानीका लागि किसानले ढिलासुस्ती गर्ने परिपाटीले कार्यालयको कार्यसम्पादनमा समस्या भएको ज्ञान केन्द्रले जनाएको छ ।

कृषि प्रचार अधिकृत मनोजकुमार सिंहले कार्यालयले गरेको प्रस्तावना आह्वानपश्चात निवेदन पेश गरेर छनोट भएका किसानसँग सम्झौता भइसकेपछि पनि भुक्तानी लिन समयमै नआउने गरेको बताउनुभयो ।

असार २४ गतेभित्रै भुक्तानी लिन कार्यालयमा नआए उक्त समयभन्दा पछाडि भुक्तानी दिन नसकिने उहाँको भनाई छ । कृषि ज्ञान केन्द्र दाङका कार्यालय प्रमुख बुद्धिराज घिमिरेले एक सयभन्दा बढी अनुदान सम्झौता भएकोमा ३० जना व्यक्ति तथा फर्मले रकम लिन नआएको जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७९ असार १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्