२०८२ बैशाख ११ गते बुधवार

नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ



१३ असार, काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का तर्फबाट नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी हुन्।

जीवनराम श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरीले शहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय‚ शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र हीराचन्द्र केसीले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्। उनीहरूले आजै पदभार ग्रहण गरेका छन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा चार मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेकी हुन्। मन्त्रीहरूले राष्ट्रपति भण्डारी र राज्यमन्त्रीले प्रधानमन्त्री देउवा समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

प्रकाशित मिति : २०७९ असार १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्