२०८१ असोज २५ गते शुक्रवार

रकम हिनामिनामा आफ्नो संम्लग्नता नरहेको अध्यक्ष सुबेदीको दाबी



१३ असार, घोराही –
राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदीले आफ्नोसहकारीको रकम हिनामिना कार्यमा आफ्नो कुनैपनि संम्लग्नता नरहेको बताउनुभएको छ । बिज्ञप्ति जारी गरी अध्यक्ष सुबेदीले हाल आफु सहकारीको कुनैपनि जिम्मेवार पदमा नरहेको र रकम हिनामिनामा संलग्न भएको स्पष्ट पार्नुभएको हो ।

सहकारीको सदस्यले दायर गरेको मुद्दामा गाउँपालिकाका अध्यक्षको समेत नाम रहेको छ । अध्यक्ष सुबेदीले बिज्ञप्ति मार्फत आफु साबिक महाप्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड लालमटीयाको संस्थापक र लेखा समिति संयोजक पदमा जिम्मेवारीपूर्वक कार्यकाल सम्पन्न गरि २०७४ असार मसान्तदेखि कुनै पदिय जिम्मेवारी नरहेको जानकारी गराउनुभएको छ ।

गाउँपालिका अध्यक्षसहित २५ जना कर्मचारी र पदाधिकारी बिरुद्ध देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोपमा सहकारीका सदस्यहरुले जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।

आरोपित मध्य चार जना कर्मचारीसहित पाँच जना पक्राउ परिसकेका छन् । उनीहरुका बिरुद्ध थुनछेक बहस जारी छ ।।

प्रकाशित मिति : २०७८ असार १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्