२०८१ चैत्र १३ गते बुधवार

दाङका २० जनामा परिक्षण गर्दा ४ जनामा कोरोना



१३ असार,घोराही –
दाङमा आज (आईतबार)  चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २० जना जनाको पिसिआर परिक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा घोराही २ जना, तुलसीपुर र लमहीका एक एक जना रहेका छन् । यो सँगै अहिले जिल्ला सकृय बिरामीको संख्या एक सय ३ रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

ति मध्य घरमा ६२ जना, अक्सिजन सहितको उपचारमा २७ जना र आईसियूमा १४ जना रहेका छन् । बैशाख यता दाङका कोरोनाबाट ७ हजार ८ सय ११ जना संक्रमित भएका छन् ।

ति मध्य ७ हजार ५ सय ८ जना निको भएका छन् भने २ सय जनाको मृत्युभएको केन्द्रले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ असार १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्