२०८१ फाल्गुन ४ गते आइतवार

भौतिक मन्त्री नबनाउने हो भने मुख्यमन्त्री बनाउनुपर्छ : दीपक मनाङे



१३ असार,पोखरा –  गण्डकी प्रदेशका स्वतन्त्र सांसद् एवं बिनाविभागीय मन्त्री दीपक मनाङे (राजिव गुरुङ)ले आफूलाई भौतिक मन्त्री नबनाए मुख्यमन्त्रीको जिम्मेवारी दिनुपर्ने माग राखेका छन्।

आइतबार दुई बिनाविभागीय मन्त्रीले मन्त्रालयको जिम्मेवारी सम्हाल्नेपछि उनले आफूलाई भौतिक मन्त्रालय दिनुपर्ने र, यदि उक्त पद नदिए मुख्यमन्त्रीकै जिम्मेवारी दिनुपर्ने अडान राखेका हुन् ।

बिनाविभागीय मन्त्रीको शपथ ग्रहण गरेको लगभग दुई हप्ताको अन्तरालमा नेकपा माओवादी केन्द्रकी मधुमाया अधिकारीर नेपाली कांग्रेसका कुमार खड्काले मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् ।

अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खड्काले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएसँगै आइतबार नै पदभार ग्रहण गरेका छन्।

तर, मनाङेको भौतिक मन्त्रालयमै रहर र जसपाको अर्थ मन्त्रालयसहित २ मन्त्रालय दिने बाचा भए पनि नदिइएपछि किचलो बढेको छ ।

मुख्यमन्त्री पोखरेलले भने मनाङेलाई युवा तथा खेलकुद मन्त्रालय दिने बताएका छन् । तर, उक्त पदमा बस्नका लागि आफूले नेपालीलाई विश्वाको मत नदिएको बताउँदै भौतिक मन्त्री बन्ने बाचाका साथ सरकारमा सहभागी भएको जवाफ दिएका छन् ।

आफू कांग्रे, जसपा एउटै पार्टी भएर सरकारमा गएको पनि बताएका छन् । साथै सरकारमा जानुअघि गरिएको सम्झौताबमोजिम पछि नहट्ने पनि उनले भनेका छन् ।

प्रकाशित मिति : २०७८ असार १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्