२०८१ फाल्गुन ४ गते आइतवार

शिक्षा मन्त्री श्रेष्ठको तुलसीपुरमा पुत्ला दहन



१३ असार, दाङ –
संयुक्त दलित युवा अभियान दाङले जातीय विभेद विरुद्ध तुलसीपुरमा प्रदर्शन गरेको छ । काठमाडौंमा रुपा सुनार माथि जातीय विभेद भएको र शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले विभेद गर्नेलाई साथ दिएको भन्दै प्रर्दशन गरिएको हो । त्यस अवसरमा मन्त्री श्रेष्ठको राजीनामा माग्दै पुत्ला दहन समेत गरिएको थियो ।

अन्यायमा परेकालाई न्याय दिलाउनुको साटो पदको दुरपयोग गरि विभेदलाई झनै बढावा दिने काम गरेको भन्दै शिक्षा मन्त्रीको राजिनामा मागेका थिए । युवा अभियानका संयोजक खेमराज सेन्चुरीको अध्यक्षमा भएको कार्यक्रममा दलित नागरीक समाजका संयोजक छवि परियार,दलित अधिकारकर्मिहरु राधिका परियार, युवा अभियानका सह संयोजक शेर बहादुर परियार लगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २०७८ असार १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्