२०८१ असार ६ गते बुधवार

बुटवलको एक सुनपसलबाट ४ किलो सुन चोरियो



१४ बैशाख, घोराही –
रुपन्देहीको एक सुनचाँदी पसलमा चोरी भएको छ। बुटवल उपमहानगरपालिका–६ बीपी चोकस्थित कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलमा चोरी भएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले दुई किलो सुनका गहना, दुई किलो २५ तोला काँचो सुन र नगद ५ लाख चोरी भएको जानकारी दिए।

लुटेरा समूहले पसलमा तोडफोड गर्न वेल्डिङ्ग मेसिन प्रयोग गरेको भेटिएको छ। घर भाडामा लिएर योजनाबद्ध रुपमा चोरी भएको पसलका सञ्चालक डिलबहादुर सुनारले बताए। चोरी गर्ने व्यक्ति सीसीटीभी फुटेजमा स्पष्ट रुपमा देखिएको र खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ।।

प्रकाशित मिति : २०७९ बैशाख १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्