१४ बैशाख,घोराही । पछिल्लो २४ घण्टमा देशभर चार हजार ५२४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ६७२ पिसिआर र १००९ जनाको एन्टीजेन परीक्षण गर्दा चार हजार ५२४ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमित हुनेको सख्या तीन लाख ७ हजार ९२५ पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार २२५ पुगेको छ।
हालसम्म २ लाख ७८ हजार ५०६ संक्रमित निको भइसकेका छन्।
देशभर ५८ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति : २०७८ बैशाख १४ गते मङ्गलवार