२०८१ साउन ३ गते बिहिवार

भारतमा एकैदिन थपिए ३ लाख २३ हजारभन्दा धेरै संक्रमित



१४ बैशाख । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २३ हजार १४४ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार सो अवधिमा २ हजार ७७१ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या एक करोड ७६ लाख नाघेको छ । त्यस्तै अहिलेसम्म भारतमा कोरोना संक्रमणको कारण एक लाख ९७ हजार ८९४ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा सबैभन्दा धेरै ४८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । त्यस्तै उत्तर प्रदेशमा कोरोनाका नयाँ संक्रमितको संख्या ३३ हजारभन्दा धेरै देखिएको छ । कर्नाटकमा पनि २९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । सामाजिक गतिविधिमा गरिएको कडाइको कारण भारतको दिल्ली तथा महाराष्ट्रमा भने दैनिक नयाँ संक्रमितको संख्या घटेको छ ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि २८ लाख ८२ हजार नाघेको छ । भारतमा लगातार छैटौं दिन ३ लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको हो । भारतमा कोरोना संक्रमण निरन्तर बढेसँगै बेलायतले आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । मंगलबार बेलायतले पठाएको स्वास्थ्य सामग्री भारत आइपुगेको हो ।

प्रकाशित मिति : २०७८ बैशाख १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्