२०८१ चैत्र ६ गते बुधवार

दाङमा शुक्रबारदेखि लकडाउन



१४ बैशाख,घोराही । दाङमा आगामी शुक्रबारदेखि २५ गतेसम्म लकडाउन हुने भएको छ।

जिल्ला कोभिड संकट व्यवस्थापनको मंगलबार बसेको बैठकले लकडाउन गर्ने निर्णय गरेको हो।

दाङका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले आगामी शुक्रबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म जिल्लाभरि पूर्णलकडाउन गर्ने निर्णय भएको बताए।

यो अवधिमा जिल्लाभर विद्यालय कलेजहरु बन्द हुनेछन्। सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था पनि बन्द हुने भएका छन्।

अति आवश्यक सामान खरिद विक्री गर्नका लागि बिहान ७ बजेदेखि ८ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरेर खुल्ला गर्न पाइने छ।

पूर्वपश्चिम राजमार्ग भएर जिल्लामा गुड्ने गाडीले जिल्लाभित्र यात्रु चढाउन र झार्न समेत नपाउने भएका छन्।

औधोगिक र निर्माण कम्पनीहरुले श्रमिकलाई खाने बस्ने व्यवस्था गरेर प्रशासनको अनुमतिमा काम गर्न सक्नेछन्।

dang lockdown

प्रकाशित मिति : २०७८ बैशाख १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्