२०८२ बैशाख १८ गते बुधवार

दाङमा थप ११७ जनामा कोरोना संक्रमण



१४ वैशाख, दाङ । दाङमा थप एक सय बढी कोरोना संक्रमित थपिएका छन् । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परिक्षण गर्दा एक सय बढी व्यक्तिहरुमा संक्रमण देखिएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार दुई सय २८ जनाको पीसीआर परीक्षण गरिएकोमा ११७ जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरु मध्य घोराही उपमहानगरपालिकाका ५३ रहेका छन् । त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाका ४६ जना, लमही नगरपालिकाका ६ जना रहेका छन् ।

त्यस्तै शान्तिनगर गाउँपालिका, गढवा पालिका र दंगीशरण गाउँपालिकामा १र१ जना व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरूमध्ये ९ जना जिल्ला बाहिरका रहेका छन् । जसमा रोल्पाका ५ जना, कैलालीका एक जना, सल्यान दुई जना र पश्चिम रुकुमका एक जना रहेका छन् ।

संक्रमित मध्य ७० जना पुरुष र ४७ जना महिलाहरु रहेका छन् ।
यो सँगै दाङमा कोरोना संक्रमितको संख्या ८ सय ८ बढी पुगेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्