१३ चैत,दाङ-
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतपत्रको तयार भएको छ ।
प्रत्येक जिल्लामा फरकर फरक डिजाईनमा मतपत्र तयार गरिएको हो । आयोगले ७७ जिल्लामा ७७ वटै प्रकारका मतपत्र हुनेगरी डिजाइन शनिबारको बैठकबाट स्वीकृत गरेको छ ।
राष्ट्रिय मान्यता प्राप्त दलबाहेक जिल्लागत विवरण आयोगमा बुझाएका अन्य दल र स्वतन्त्र उम्मेदवारलाई समेत चिह्न दिनेगरी ७७ वटै जिल्लाका लागि फरक फरक मतपत्र डिजाइन भएको हो । आयोगले मतपत्रमा रहने निर्वाचन चिह्न चार खण्डमा रहनेगरी डिजाइन तयार गरेको हो ।
प्रकाशित मिति : २०७८ चैत्र १३ गते आइतवार