२०८२ बैशाख १० गते मङ्गलवार

देउखुरी क्षेत्रका संचारकर्मीद्धारा अन्तरक्रिया



१४ चैत्र,लमही ।
देउखुरी क्षेत्रका कृयाशिल सचारकर्मीहरु बिचको भेट घाट तथा अनर्तक्रिया कार्यक्रम आज घोराही उपमहानगरपालिका २ मैनेमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासघ दाङकी उपाध्यक्ष लिला शाहको अध्यक्षता तथा नागरिक समाज देउखुरीका निर्बतमान सयोजक निम बहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सो अबसरमा बोल्ने वक्ताहरुले फेरिएको देउखुरी क्षेत्रको परिचय सगै पत्रकारहरुको कार्यक्षेत्र पनि फराकिलो बन्दै गएकोले देउखुरीका पत्रकारहरु साझा बिषयमा एकभएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । देउखुरीमा लुम्बीनी प्रदेशको स्थाई राजधानी भए सगै पत्रकारहरुको कार्य क्षेत्रको दायरा पनि फराकीलो बन्दै गएकोले सोही अनुसार पत्रकार स्वयमले आफ्नो क्षमता अिभिबृद्धि गर्नुपर्नेमा बक्ताहरुको जोड थियो ।

आसन्न निबा साथै नेपाल पत्रकार महासघको आसन्न निर्बाचनको बिषयमा देउखुरी क्षेत्रका पत्रकारहरु साझा धारणा बनाएर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरिएको छ । नेपाल पत्रकार महासघ लुम्बीनी प्रदेश सदस्य दशरथ घिमिरेको स्वागत मनतब्यबाट शुरु भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि निम बहादुर थापाले देउखुरीको समग्र बिकाशका लागी पत्रकारीता क्षेत्रको थप बिकाश हुन आबश्यक रहेको बिचार ब्यक्त गर्नुभयो । उहाले लुम्बीनी प्रदेशको राजधानी देउखुरीमा हुनु सुखद पक्ष भएकोले पत्रकारहरुले सोही अनुसार कलम चलाउन आबश्यक रहेकोमा जोड दिनुभयो त्यस्तै नेपाल महिलासघका केन्द्रीय सदस्य गिरिजा देबि न्यौपानेले राष्ट्रलाई सहि दिशाबोध गर्न पत्रकारहरुको भुमिका अहम भएको बताउनुभयो ।

पुराना पत्रकार राधेश्याम गुप्ताले पत्रकारहरुबिचको भेटघाट र अन्र्तक्रियाले पत्रकारबिचको समन्वयकारी भुमिकालाई थप मजबुत बनाउने बिचार ब्यक्त गर्नुभयो । सो अबसरमा होलिपबको अबसरमा शुभकामना आदान प्रदान समेत गरिएको थियो । कार्यक्रमको सचालन पत्रकार दिबकार पोख्रेलले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७७ चैत्र १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्