२०८१ माघ ५ गते शनिवार

अन्ततः संसदबाट अनुमोदन भयो एमसीसी



१५ फागुन,काठमाडौं- आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता पारित गरेको छ । प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बीच सरकारले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन गरेको हो ।

आइतबार बसेको संसद्को बैठकमा अर्थमन्त्री जनार्दशन शर्माले मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे एमसीसीका ब्याख्यात्मक बुँदाहरु अनुमोदन गर्न सभामुख अग्निप्रसाद सापकोटासमक्ष पेश गरेका थिए ।

त्यसपछि सभामुख सापकाटोले व्याख्यात्मक घोषणा पारित भएको घोषणा गरे । ब्याख्यात्मक बुँदाहरुभित्र नेपालको कानूनविपरीत अनुदान सहयोग परिचालन नहुने बताइएको छ । साथै, नेपालको कानूनविपरीत हुन गएको खण्डमा ३० दिनको पूर्वलिखित सूचना दिई अनुदान रद्ध गरिने भनिएको छ ।

संसद बैठक आगामी फागुन १८ गते बुधबारसम्मका लागि स्थगित गरिएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस्